Logo

२३ असोज, काठमाडौं । बढ्दो राजनीतिक तनाव र सुरक्षा चुनौतीबीच गृहमन्त्री ओमप्रकाश अर्यालले आज सिंहदरबारस्थित मन्त्रालयमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।

यो छलफल पछिल्लो समय देशमा देखिएका असाधारण राजनीतिक घटनाक्रम र काठमाडौंमा देखिएको बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै भएको हो । गृहमन्त्री अर्यालले लिएको जानकारी बैठकमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए । बैठकमा विशेषगरी तीनवटा महत्त्वपूर्ण विषयमाथि जानकारी लिइएको र छलफल भएको बताइएको छ ।

बैठकमा जेन–जी आन्दोलन, राजनीतिक दलहरूबीचको तिक्तता र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूको पछिल्ला अभिव्यक्तिले सिर्जना गरेको परिस्थितिको विश्लेषण, माइतीघर–बानेश्वर क्षेत्रमा भइरहेको निषेधाज्ञा उल्लंघन र प्रदर्शनका प्रयासपछि बढाइएको सुरक्षा व्यवस्थापनको समीक्षा र हालै बीपी राजमार्गमा बाढीपहिरोले पुर्‍याएको क्षति जस्ता घटनापछिको विपद् व्यवस्थापन तथा राहतका प्रयासहरूबारे जानकारी लिइएको थियो । गृहमन्त्रीले एकैसाथ सुरक्षा प्रमुखहरूसँग छलफल गरेपछि सरकार सुरक्षा व्यवस्थालाई लिएर उच्च सतर्कतामा रहेको देखिन्छ।


सम्बन्धित समाचार
भर्खरै