Logo

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार (भोलि) पनि बस्ने भएको छ। आज पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागी पदाधिकारी र पूर्वपदाधिकारीहरूको धारणा राख्ने क्रम नसकिएकाले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने निर्णय गरिएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।

उनका अनुसार, आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिक परिदृश्य र देशमा उत्पन्न चुनौतीहरूको समीक्षा गरिएको छ।

प्रवक्ता महतका अनुसार बैठकमा हालको राजनीतिक घटनाक्रम, त्यसले सिर्जना गरेका चुनौतीहरू, र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुन नदिन कांग्रेसको भूमिका के हुन सक्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ।

“मूलतः अहिलेको परिस्थितिमा आत्मविश्वास कसरी विकास गर्ने, लोकतान्त्रिक मुल्य–मान्यता र समग्र देशलाई कमजोर हुनबाट कसरी जोगाउने भन्नेबारेमा गहन छलफल भएको छ,” — प्रवक्ता महत

बैठकमा आगामी असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकलाई लिएर पनि छलफल भएको छ।प्रवक्ता महतका अनुसार, केन्द्रीय कार्यसमितिमा जाने साझा धारणा विकसित गर्न आजको बैठक गरिएको हो।


सम्बन्धित समाचार