Logo

२४ असोज, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैंयाले घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो ।

बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटेपनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।


सम्बन्धित समाचार