Logo

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक आव्ह्वान गरेका छन् ।

केहीबेर अघिदेखि भर्चुअल बैठक सुरु भएको सो पार्टीका महासचिव केशव झाले बताए । बाटोघाटोको असुविधाका कारण भर्चुअल बैठक बस्न लागेको उनले बताए । बैठकमा पार्टी एकता, मोर्चा र गठबन्धनको विषय, जेनजी आन्दोलन, चुनावी तयारी, आर्थिक समितिको प्रतिवेदन कार्यान्वयन, लेवी सङ्कलन, स्वघोषणाको भुक्तानी गर्ने तथा आर्थिक सहयोग सङ्कलन, पार्टी विधान अनुसारको सङ्गठन विस्तार लगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

आज कार्यकारिणी समितिको बैठक सम्पन्न भएपछि भोलि केन्द्रीय समितिको बैठक बस्ने तयारी छ । केन्द्रीय समितिको बैठक पनि भर्चुअल बस्नेछ ।

 


सम्बन्धित समाचार