Logo

२४ असोज, काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा तथा कामकाजको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलले बैठकपछि पत्रकार सम्मेलनमार्फत निर्णयको जानकारी दिँदै भने, “राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवहरूको सरुवा तथा कामकाज गर्न खटाउने निर्णय मन्त्रिपरिषद्बाट भएको छ।”

सरुवाका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। मन्त्रालय वा निकायगत रूपमा कुन सहसचिव कहाँ खटाइएका छन् भन्ने जानकारी छिट्टै सार्वजनिक गरिने बताइएको छ।

सरकारले प्रशासनिक कामकाजलाई चुस्त बनाउने तथा सेवाप्रवाहमा सुधार ल्याउने उद्देश्यले उच्च तहका कर्मचारीहरूको समयसमयमा सरुवा गर्ने गरेको छ।


सम्बन्धित समाचार