Logo

२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी समूहको निर्धारित छलफल स्वास्थ्य समस्याका कारण दुई दिनपछि, सोमबारका लागि सारिएको छ।

यसअघि सोमबार बिहान १० बजे शीतल निवासमा हुने भनिएको छलफल अनिश्चितकालका लागि नभइ दुई दिनपछि सारिएको हो। जेनजीका एक अगुवाका अनुसार उनीहरू छलफलका लागि शीतल निवास पुगेका थिए, तर राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको जनाउँदै छलफल सारिएको जानकारी दिइएको हो।

यद्यपि, राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग अनौपचारिक रूपमा छलफल भने जारी राखिरहेका छन्।

आजको छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरू सहभागी हुने तय थियो। तर, छलफल सारिएपछि केही जेनजी प्रतिनिधिहरूले शीतल निवासको गेटबाहिर विरोध जनाएका छन्। उनीहरूले आफूहरूलाई प्रवेश नदिएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए।

शीतल निवासले छलफल सोमबारसम्मका लागि सारिएको जनाएको छ। राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार भएसँगै बैठक पुनः तय गरिने बताइएको छ।


सम्बन्धित समाचार
भर्खरै