Logo

२५ असोज,नेपालगञ्ज। नेपालगञ्जका चार होटेल तथा रेष्टुरेन्टमा प्रहरीले एकैसाथ छापा मारेर ४५ जनालाई नियन्त्रणमा लिएको छ। अनैतिक गतिविधि भइरहेको भन्ने गुनासोका आधारमा प्रहरीले कारबाही अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार विभिन्न टोली बनाएर ती होटेल तथा रेष्टुरेन्टमा छापा मारिएको हो। “अनैतिक क्रियाकलाप भइरहेको सूचना पाइएको थियो, त्यसैअनुसार छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिएका छौं,” पातलीले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा आठ जना भारतीय युवकसमेत छन्। होटेल सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिइएको छ र घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

पक्राउ परेकाहरूको विस्तृत विवरण र उनीहरूमाथिको कारबाही प्रक्रिया बारेमा भने प्रहरीले थप जानकारी दिन बाँकी रहेको जनाएको छ। प्रहरीले स्थानीय क्षेत्रमा बढ्दो आपराधिक गतिविधिमा कडाइ गर्ने नीति अनुरूप निगरानी बढाएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै