Logo

२७ असोज,काठमाडौं । मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाबाट प्रतिनिधित्व गर्ने मन्त्री तिवारीको राजीनामाले सरकारमाथि राजनीतिक दबाब बढाएको छ । मन्त्री तिवारीले सोमबार मुख्यमन्त्री सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको जानकारी गराएकी छन् । मन्त्री तिवारी नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सम्मिलित संयुक्त सरकारमा सहभागी थिइन् ।

मुख्यमन्त्री सिंहले आगामी बुधबार प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका छन्। महत्त्वपूर्ण समयमा लोसपाकी मन्त्रीको राजीनामा आउनुलाई मधेस प्रदेशको राजनीतिक वृत्तमा सत्ता समीकरणभित्र खटपट र विश्वासको मत पाउन चुनौती थपिएको संकेतका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार