Logo

२८ असोज,वीरगञ्ज ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार प्रदेश सभा बैठकमै राजीनामा घोषणा गरेका छन्। विश्वासको मत लिन बोलाइएको बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन्।

प्रदेश सभाको बैठक सुरु हुनुअघि नै सिंहले आफ्नो मन्तव्यमार्फत राजीनामा दिने निर्णय सुनाएका थिए। उनले भने, “हालको राजनीतिक परिस्थिति र गठबन्धनको अवस्था विश्लेषण गर्दै म आजको मितिबाट मुख्यमन्त्री पदबाट राजीनामा दिन्छु।”

मुख्यमन्त्रीको राजीनापछि आजको बैठकको कार्यसूचीमा रहेको विश्वासको मतसम्बन्धी एजेन्डा हटाइएको छ। सभामुख रामचन्द्र मण्डलले सिंहको राजीनामा स्वीकार गरिएपछि सो प्रक्रिया स्थगित गरिएको जानकारी गराए।

मुख्यमन्त्री सिंह नेतृत्वको सरकार पछिल्लो समय अस्थिर देखिएको थियो। सत्ता गठबन्धनभित्रको असहमति, समर्थन फिर्ता र विश्वासको मत नपुग्ने आँकलनले सिंहलाई राजीनामा दिन बाध्य बनाएको बताइएको छ।

अब नयाँ सरकार गठनका लागि मधेश प्रदेशमा राजनीतिक दौडधूप तीव्र हुने अपेक्षा गरिएको छ। प्रमुख दलहरू सरकारको नेतृत्वको दाबी गर्न सक्रिय देखिएका छन्।


सम्बन्धित समाचार