Logo

२८ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा काठमाडौं जिल्ला अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार, आज महराको बयान लिने कार्य सम्पन्न भएको छ। उनले सुन प्रकरणमा आफू संलग्न नरहेको दाबी गरेका छन्।

श्रेष्ठका अनुसार, महराविरुद्धको रिट निवेदनमा भोलि (असोज २९) थुनछेक बहस हुने तय भएको छ।

अदालतमा दिएका बयानमा महराले चिनियाँ नागरिक दाओजिन वाङसँगको चिनजान आफ्नो सञ्चारमन्त्री रहेका बेला भएको बताएका छन्। उनका अनुसार, वाङ घरमा फलफूल लिएर बधाई दिन आएको बेला चिनजान भएको हो।

पूर्वसभामुख महरामाथि विमानस्थल भन्सार प्रक्रियामा प्रभाव पार्न खोजेको र सुन तस्करीमा संलग्नता रहेको आशंकामा अनुसन्धान थालिएको हो। यसअघि भन्सारबाट सुन छुटाउन विभिन्न तहबाट दबाब दिइएको भन्दै मुद्दा दायर गरिएको थियो।


सम्बन्धित समाचार