काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
सोमबारदेखि उकालो लागेको सुनको भाउ बुधबार पनि थप वृद्धि भई इतिहासकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार ४०० रुपैयाँले बढेर प्रति तोला २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ । यससँगै लगानी र गहना दुवै क्षेत्रमा यसको प्रत्यक्ष असर देखिन थालेको छ।
१० ग्राम सुनको मूल्य पनि कीर्तिमानी
तोलामा मात्र होइन, दश ग्राम सुनको मूल्यमा पनि कीर्तिमानी उछाल आएको छ । बुधबारको कारोबारका लागि दश ग्राम छापावाल सुनको मूल्य २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ ।
चाँदीमा पनि सामान्य वृद्धि
सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा ३ हजार २४० रुपैयाँ पुगेको छ। यद्यपि, महासंघले मंगलबारको तुलनामा आजको मूल्य कम भएको ९३३२५ बाट ३२४०० जनाए पनि समग्रमा आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय भूराजनीतिक तनाव, विश्वव्यापी आर्थिक अनिश्चितता र अमेरिकी डलरको कमजोर प्रदर्शनका कारण सुनको माग बढेको र त्यसको सीधा असर नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन् । यस मूल्यवृद्धिको सीधा असर सुनका गहनाका उपभोक्ता र लगानीकर्ता दुवैमा पर्ने देखिन्छ ।















