Logo

२९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक गतिलाई लिएर गम्भीर चेतावनी दिएका छन् ।

ललितपुरको रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अप्रत्याशित रूपमा ुप्रतिक्रान्तिको घटनाु घटेको घोषणा गरे । ओलीले यदि यसलाई ‘प्रभावकारी ढंगले रोक्न नसकिए’ देश सीधै बर्बादीतर्फ धकेलिने ठोकुवा गरे।

प्रतिक्रान्ति रोक्ने ओलीको सर्त

ओलीले देशको यो ‘बर्बादीतर्फ धकेलिएको अवस्थाु लाई तुरुन्तै सच्याउनुपर्ने आवश्यकता औंल्याए। उनको भनाइ थियो, देशलाई अबिलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकास उन्मुख बाटोमा फर्काउनुपर्नेछ। यो अभिव्यक्तिले एमाले देशलाई विचलित बाटोबाट सही मार्गमा फर्काउने मुख्य शक्तिका रूपमा प्रस्तुत हुन चाहेको संकेत गर्दछ।

राम्रो काम गरेकाले नै बढी निसाना

अध्यक्ष ओलीले एमालेमाथि भइरहेको प्रहार र निसानाको कारणबारे पनि स्पष्टीकरण दिएका छन् । उनको तर्क थियो कि एमाले नराम्रो काम वा गलत नीतिका कारण निसानामा परेको होइन । ‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं। किन निसाना भएका छौं?’ हामीले नराम्रो काम गरेर होइन। हाम्रा नीतिहरू राम्रा भएर।’ यो भनाइले ओलीले पार्टीलाई उत्कृष्ट नीति र कामको कारण षड्यन्त्रको शिकार बनाइएको र प्रतिपक्षलाई राजनीतिक फाइदा लिनका लागि एमालेविरुद्ध प्रहार केन्द्रित गरिएको बुझ्न सकिन्छ।

ओलीको यो सम्बोधनले केन्द्रीय कमिटी बैठकमा सरकारको आलोचना र आगामी राजनीतिक बाटो कस्तो हुने भन्नेबारे एमालेको आक्रामक रणनीति तय हुने स्पष्ट पारेको छ।


सम्बन्धित समाचार