२९ असोज, काभ्रेपलाञ्चोक। भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपेर देशका विभिन्न कारागारबाट भागेका ५२ जना फरार कैदीबन्दीलाई काभ्रेपलाञ्चोक प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले हालसम्म फरारमध्ये ९७ जनालाई नियन्त्रणमा लिन सफल भएको जानकारी दिएका छन्, जसमध्ये ५२ जना काभ्रे क्षेत्रबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र मातहतका प्रहरी टोलीहरूले विभिन्न १३ वटा मुद्दाका कैदी, थुनुवा तथा बाल बिझ्याइँकर्ताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरू देशका मुख्य कारागार र हिरासत कक्षहरूबाट भागेका थिए । तीमध्ये धेरै जघन्य अपराधका अभियुक्तहरू छन् ।
प्रहरी टोलीले हिजो मात्रै नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी रबिन आचार्यलाई बनेपा–६ बुडोलबाट पक्राउ गरेको छ।
यस कार्यमा सशस्त्र प्रहरी बल नेपालको टोली पनि संलग्न थियो । प्रहरीको यो सफलताले आन्दोलनको मौका छोपी भागेका अपराधीहरूलाई पुनः नियन्त्रणमा लिने अभियानले तीव्रता पाएको संकेत गर्दछ ।















