Logo

१ कात्तिक,वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण प्रारम्भ हुनु अघि मधेस प्रदेशको राजधानी जनकपुरधाममा ट्रफी परेड आयोजना गरिएको छ।

क्रिकेट संघ (क्यान) द्वारा सातै प्रदेशमा गरिने ट्रफी परेडको कार्यक्रमअन्तर्गत कोशी प्रदेशबाट सुरु भएको ट्रफी परेड शनिबार जनकपुरधाम आइपुगेको हो।जनकपुरधामस्थित जानकी मन्दिरमा पुजा–अर्चना गरेर सुरु गरिएको ट्रफी परेडले नगरको विभिन्न भाग परिक्रमा गर्दै बसपार्क नजिकको सीताशरण होटलमा पुगेर समापन भएको हो।

ट्रफी परेडमा एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स टिमका प्रतिनिधि, नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी, स्थानीय क्रिकेटप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो।

जनकपुरमा सम्पन्न परेडपछि ट्रफी अन्य प्रदेशतर्फ प्रस्थान गराइने कार्यक्रम रहेको क्यानले जनाएको छ।
यस परेडमार्फत एनपीएलप्रति जनचासो बढाउने, क्रिकेटको प्रचार–प्रसार गर्ने र आगामी सिजनको माहोल बनाउन सहयोग पु¥याउने उद्देश्य राखिएको छ।


सम्बन्धित समाचार