Logo

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संसदीय निर्वाचनको तयारी अगाडि बढिरहेका बेला सम्पूर्ण नागरिकलाई आफ्नो मतदान अधिकार सुनिश्चित गर्न विशेष आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै हरेक नागरिकलाई मतदाता सूचीमा नाम दर्ता गर्न आह्वान गर्नुभएको हो ।
सरकारले फागुन २१, २०८२ मा संसदीय चुनाव गर्ने लक्ष्यका साथ तयारी अगाडि बढाइरहेको छ। प्रधानमन्त्री कार्कीले नागरिकहरूलाई मतदाता सूचीमा पहिले नाम दर्ता गरेर आफ्नो मतदान अधिकार सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।

सरकारले तोकेको मितिमा चुनाव गराउनका लागि तयारी तीव्र पारिरहेको बेला प्रधानमन्त्रीको यो आग्रहले आम नागरिकलाई आफ्नो लोकतान्त्रिक कर्तव्य पूरा गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार