Logo

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेभित्र गर्ने महामन्त्री गगन थापाको प्रयासमा पार्टीभित्रैबाट तगारो लागेको छ ।

वर्तमान कार्यसमितिको म्याद २०८२ पुस ६ गते सकिन लागे पनि, महाधिवेशनको तयारीमा देखिएको सुस्तता र कार्यवाहक सभापतिको असहमतिका कारण नियमित महाधिवेशन अन्योलमा परेको छ।

थापाको प्रस्ताव अलपत्र, नेतृत्वमा मतान्तर

महामन्त्री थापाले महाधिवेशन सम्पन्न गर्न दुई विकल्पसहितको कार्यतालिका कार्यसम्पादन समितिमा प्रस्तुत गरे। उनले नियमित महाधिवेशनको प्रयास सम्भव नभए विशेष केन्द्रीय महाधिवेशन गर्ने सम्मको विशेष प्रस्ताव समेत अघि सारे । तर, यो कार्यतालिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अनुमति नपाएकै कारण केन्द्रीय समिति बैठकमा एजेन्डा बन्न सकेन।

विधानअनुसार सभापतिको अनुमतिमा मात्र महामन्त्रीले एजेन्डा पेस गर्न पाउने प्रावधानले महाधिवेशनको विषय बैठकको सातौँ नम्बरमा उल्लेख भए पनि छलफलमा आउन सकेको छैन ।

जारी केन्द्रीय समिति बैठकलाई कात्तिक १३ गते सम्मका लागि स्थगित गरिएपछि, पुस ६ गतेभित्र विधिवत् महाधिवेशन सम्पन्न गर्ने सम्भावनालाई लिएर गम्भीर प्रश्नचिह्न उठेको छ।


सम्बन्धित समाचार