Logo

५ कात्र्तिक, काठमाडौं । भारत सरकारले नेपालका शैक्षिक संस्थाहरूलाई लक्षित गर्दै ८१ वटा विद्यालय बसहरू सहयोग स्वरूप प्रदान गरेको छ ।

भारतले नेपालसँगको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै यो सहयोग गरेको भारतीय राजदूतावासले जानकारी दिएको छ।दूतावासका अनुसार, यी बसहरू नेपालका सातै प्रदेशका ४८ जिल्लाहरूमा वितरण गरिनेछ। कोशी प्रदेशका हालै बाढी प्रभावित इलाम, झापा, र उदयपुर जिल्लाहरू साथै हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दूरदराजका र दुर्गम जिल्लाका विद्यालयहरूलाई समेत यी बसहरू उपलब्ध गराइनेछ ।

यो उपहारले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दूतावासले लिएको छ। विगत तीन दशकदेखि भारतले नेपालका विभिन्न संस्थाहरूलाई सहयोग गर्दै आएको छ, जसअन्तर्गत अहिलेसम्म कुल ३८१ वटा स्कुल बसहरू प्रदान गरिसकिएको दूतावासले उल्लेख गरेको छ।


सम्बन्धित समाचार