Logo

३ चैत,वीरगञ्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आर्दशनगरले निशुल्क स्वास्थ्य शिविर एवम् औषधी वितरणको आयोजना गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज वीरगञ्ज महनगरपालिका–१६ लक्ष्मणवामा कार्यक्रमको आयोजना गरेको हो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र प्रभु हस्पिटल वीरगञ्जको सयुंक्त आयोजना एवम् रुगँटा वेल फेयर सोसाईटीको सहयोगमा शिविर संचालन भएको हो ।

शिविरमा १ सय ७५ जना महिला र १ सय ५० जना पुरुष गरि जम्मा ३ सय २५ जनाको निशुल्क आँखाको चेकजाँच गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

शिविरमा १ सय ३० जनलाई निशुल्क औषधी समेत वितरणा गरिएको उहाँले जानकारी दिनुभयो । ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार