७ कात्र्तिक, काठमाडौं । देशमा परिवर्तनको तीव्र आकांक्षा बोकेको युवाहरूको समूह जेनजी युनाइटेडले आज माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरेको छ ।
परिवर्तनको माग राख्दै आन्दोलित युवाहरूले विगतका शहीदहरूको बलिदान र योगदानलाई बिर्सन नहुने भन्दै दबाबमूलक प्रदर्शन गरेका हुन् । शहीदको रगत खेर नजाओस्न्नेस् भन्ने मूल नाराका साथ युवा पुस्ताले देशमा सकारात्मक परिवर्तनका लागि आफ्नो आन्दोलनलाई निरन्तरता दिइरहेको छ । उनीहरूले शहीदहरूको त्याग र समर्पणको स्मरण गर्दै, त्यसैको जगमा टेकेर देशमा सुशासन र विकास स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
युवा पुस्ताले देशको राजनीतिलाई सही मार्गमा ल्याउन र नयाँ भविष्यको निर्माणका लागि दबाब सिर्जना गर्न दैनिक रूपमा प्रदर्शन गरिरहेका छन् । माइतीघर मण्डला उनीहरूको आवाज बुलन्द गर्ने मुख्य केन्द्र बनेको छ।
















