१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज ९सोमबार० राति थप उपचारका लागि सिंगापुर प्रस्थान गर्ने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको झडपमा घाइते भएका देउवा पत्नी आरजु राणासहित आज राति ९ बजे सिंगापुर जान लागेका हुन् । सभापति निकट एक शीर्ष नेताले दिएको जानकारी अनुसार, भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले कुटपिट गरेपछि देउवा दम्पती घाइते भएका थिए ।
सुरक्षाकर्मीको सहयोगमा उहाँहरूलाई उद्धार गरी सेनाको सैनिक अस्पताल छाउनी पुर्याइएको थियो । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार, कुटपिटका कारण उनको टाउकोमा १२ वटा टाँका लगाइएको थियो ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा कम देखिएका देउवाले असोज २८ गते केन्द्रीय कार्यालय पुगेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए । टाउकोमा लागेको चोटको थप स्वास्थ्य जाँच र उपचारका लागि सभापति देउवा आज राति विदेश प्रस्थान गर्न लागेका हुन् ।

















