Logo

६ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद भएको छ । हिजो भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा चौधरी र प्रत्यक्षतर्फ एक सदस्यबाहेक सबै अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् ।

नेविसंघबाट स्मृति थापा सदस्यमा निर्वाचित भएकी छन् । तर नेपाल विद्यार्थी संघले धाँधली भएको भन्दै क्याम्पस प्रमुख जमुना भट्टराईको राजीनामा माग गरेको छ र क्याम्पस प्रमुख र क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । नेविसंघले उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप लगाएको छ ।

अनेरास्ववियुका उम्मेदवारले समय सकिएपछि मनोनयन दर्ता गराएको, राति होस्टलमा विद्यार्थी भेटेर अनेरास्ववियुलाई मत दिन आग्रह गरेको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ । क्याम्पस प्रमुख भट्टराईले भने आफूले विद्यार्थीसँग अनेरास्ववियुका लागि भोट नमागेको दाबी गरेकी छन् ।

स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको र चुनावको अघिल्लो दिन शान्ति सुरक्षाको अवस्था बुझ्न होस्टल राउण्ड गरेको उनको भनाइ छ । आफूले कसैसँग भोट नमागेको उहाँले बताउनुभयो । अनेरास्ववियु क्याम्पस एकाई कमिटी अध्यक्ष मालती बस्नेतले लोकतान्त्रिक पद्धतिअनुसार सम्पन्न भएको निर्वाचनको नतिजा प्रकाशित भएपछि तालाबन्दी गरी नेविसंघले शैक्षिक वातावरण विगार्न खोजेको आरोप लगाउनुभएको छ ।


सम्बन्धित समाचार