Logo

६ चैत,वीरगञ्ज । हतकडीसहित भागेका ज्यान मार्ने उद्योगका एक जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको पचरौता नगरपालिका–८ बाजोपटी टोल बस्ने ३६ वर्षीय असिंकलाल यादवलाई पक्राउ गरेको हो ।

यादवले अन्य ६ जनासँग मिलेर गत कार्तिक १९ गते आफनै टोलका कपिलदेव यादव, गोपाल यादव र दुगान्धी देवीलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरि ज्यान मार्ने उद्योेगको कसुर गरेको प्रहरीले जनाएको छ ।

सोही मुदामा फरार रहदै आएका यादवलाई गत पुस ४ गते करैयामाई गाउँपालिका–८ बेलाहीमा लागेको महाबिरी झण्डा मेलामा फेला पारि पक्राउ गर्न गएको प्रहरी टोलीले नियन्त्रणमा लिई लैजान खोज्दा तानातान गरि यादव हतकडी सहित फरार भएका थिए ।

फरार भएका उनलाई प्रहरीले बारागढी गाउँपालिका–४ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारि पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिनुभयो । सोही मुदाका प्रतिवादी बाजोपटी टोलकै ३८ बर्षिय बृजकिशोर प्रसाद यादव अदालतले तोकेको एक लाख धरौटी बुझाउन नसक्दा वीरगञ्ज कारागारमा पठाइएका थिए ।


सम्बन्धित समाचार