Logo

१७ कात्तिक,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभाको संसदीय दलको नेतामा भरत प्रसाद साहलाई पुनः जिम्मेवारी दिएको छ। पार्टी संयोजक तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज साहलाई संसदीय दलको नेतामा पुनर्स्थापित गर्ने निर्णय गरेका छन्।

पूर्व अर्थ तथा गृह मन्त्री भइसकेका साहलाई माओवादी केन्द्रले पुनः महत्त्वपूर्ण भूमिकामा फर्काएको हो। प्रचण्डले यस सम्बन्धमा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पत्रमार्फत जानकारी गराएका छन्।

साहको पुनर्स्थापनासँगै अब मधेश प्रदेश सभामा माओवादी केन्द्रको संसदीय नेतृत्व उनी नै सम्हाल्ने निश्चित भएको छ।

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कर्तिक २२ गते विश्वासको मत लिने तयारी गरिरहेको बेला संसदीय दलको नेतृत्व फेरबदललाई राजनीतिक दृष्टिले महत्वपूर्ण रुपमा हेरिएको छ।


सम्बन्धित समाचार