Logo

फाइल तस्बिर

७ चैत,ठोरी । पर्साको ठोरीमा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आज बिहान ठोरी गाउँ पालिका ३ ढुङ्गे बजार टोल स्थित मकै बारीमा मृत अवस्थामा भेटिएका छन् ।

भारतको पश्चिमी चम्पारण मानपुर घर भएका चोकाटी मुखिया आज बिहान मृत अवस्थामा फेला परेका हुन् । हिजो साँझ खेतमा काम गरीरहेको बेला बेसरी हावापानी आएको र सोही बेला घर फर्कने क्रममा उनी मकै बारीमा घोप्टो परेको अवस्थामा फेला परेका छन् ।

आज बिहान स्थानीयहरुले बारीमा जाने क्रममा उनी लडिरहेको देखेर प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठोरीले शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि बिरगंज स्थित नारायणी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताउनुभयो ।

मृतक विगत ८ वर्ष देखि ठोरीकै ढुंगे बजारटोलमा बसेर खेती किसानी गर्दै आएका थिए ।


सम्बन्धित समाचार