२१ कत्र्तिक, काठमाडौं । बहुप्रतिक्षित हङकङ इन्टरनेसनल सिक्सेसको आफ्नो पहिलो खेलमा नेपालले निराशाजनक नतिजा निकालेको छ ।
आज बिहान सम्पन्न खेलमा नेपाल आफ्नै छिमेकी राष्ट्र अफगानिस्तानसँग १७ रनको अन्तरले पराजित हुन पुग्यो। सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे पनि र रासिद खानले ह्याट्रिकसहित ४ विकेट लिएर बलिङमा कमाल देखाए पनि नेपाललाई जीत दिलाउन पर्याप्त रहेन ।
अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै ६ ओभरको निर्धारित खेलमा ५ विकेट गुमाएर ११२ रनको विशाल योगफल तयार पारेको थियो। उनीहरूका ओपनर करिम जनतले १० बलमै ४ छक्का र २ चौकाको मद्दतले ३५ रनको आक्रामक पारी खेले भने फरमुल्लाह साफीले ३० रनमा नटआउट रहँदै स्कोरलाई उकासेका थिए ।
नेपालका रासिद खानले भने बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै एक ह्याट्रिकसहित ४ विकेट आफ्नो नाममा लेखाएका थिए भने लोकेश बमले एक विकेट लिए।

















