Logo

७ चैत्र,बारा । नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र ) जीतपुरसिमरा उपमहानगर कमिटीको सिमरामा भएको बिस्तारित बैठकले पाटीको संरचनाहरुलाई सुदृढीकरण गर्दै पाटी बिस्तार अभियान चलाउँने निणर्य गरेको छ ।

उपमहानगर अध्यक्ष प्रेम बरालको अध्यक्षतामा बसेको बैठकले पाटीका बिचार तथा एजेण्डाहरु जनमानसमा पुरयाउँन उपमहानगरको बिभिन्न वडाहरुको जिम्मेवारी पाटीका नेता,कार्यकर्ताहरुलाई दिएको छ ।

वडा नं.१ ,२ ,३ र ४ को जिम्मेवारी बेनी तिमलसिना र रामचन्द्र अधिकारीलाई ,वडा नं.५ ,६ ,७ र ८ को जिम्मेवारी मोहित चौधरी र मनोज चौधरीलाई , वडा नं.९ ,१० ,२३ र २४ को जिम्मेवारी क्यामुदिन मंसुरी र लक्ष्मीकान्त प्यारेलाल चौधरीलाई , वडा नं.११ ,१९ र २० को जिम्मेवारी श्यामसुन्दर पासवान ,वडा नं.१२ ,१३ ,१४ र १५ को जिम्मेवारी राजन भट्ट र दिपक कार्कीलाई ,वडा नं.१६ ,१७ र १८ को जिम्मेवारी भरत भण्डारी ,जयराम यादब ,दिनेश अधिकारी र उद्धव पोख्रेललाई , वडा नं.२१ र २२ मिन प्रसाद अपागाई र मनिकलाल थिङ्गलाई दिएको छ ।

त्यस्तै जनबर्गिय मोर्चाको जिम्मेवारी पनि उपमहानगर कमिटीले तोकेको नगर सचिव अर्जुन चिमरियाले जानकारी दिनुभयो । नगर स्तरीय वाई.सि.एल.को जिम्मेवारी रुकु तमाङ्ग ,तीर्थ गुरुङ्ग र मुकेश साहलाई ,मजदुर कमिटीको जिम्मेवारी डि.बि. थापालाई ,महिला कमिटीको जिम्मेवारी शोभा कार्कीलाई ,

दलित कमिटीको जिम्मेवारी श्यामसुन्दर पासवान र राजदेव पासवानलाई ,किसान कमिटीको जिम्मेवारी शिव ढुङ्गानालाई ,शिक्षक कमिटीको जिम्मेवारी रोशन यादबलाई ,उद्योग कमिटीको जिम्मेवारी धन बहादुर श्रेष्ठ र रुपेश पोख्रेललाई ,बिद्यार्थी कमिटीको जिम्मेवारी दिपेन्द्र यादब र रबि श्रेष्ठलाई र मुस्लिम कमिटीको जिम्मेवारी जहिर मौलाना र ग्यासुदीन मंसुरीलाई जिम्मा दिएको नेपाल कम्युनिष्ट पाटी(माओवादी केन्द्र ) जीतपुरसिमरा उपमहानगर कमिटीले जनाएको छ ।


सम्बन्धित समाचार