Logo

२४ कात्तिक,काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रको स्थापना गरिएको छ।

सोमबार मन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरु गरिएको यो केन्द्र नेपालको एआई क्षेत्रमा ठूलो फड्को हुने बताएका छन्।

उनले यसैसँगै एआई काउन्सील गठन भइसकेको र एआई नीति पनि जारी भइसकेको भएकाले नेपाल डिजिटल युगतर्फ दृढतापूर्वक अघि बढेको बताए।

मन्त्री खरेलले भने, “जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टाचारमुक्त देश, रोजगारी लगायतका महत्वपूर्ण लक्ष्यहरूलाई एआई प्रविधिमार्फत समेट्न सकिन्छ।” उनले थपे कि सरकारको नेतृत्व र जनताको उद्देश्य प्राप्त गर्न एआईलाई प्रभावकारी रूपमा प्रयोग गरिनेछ।

राष्ट्रिय एआई केन्द्रको स्थापना नेपालको डिजिटल रूपान्तरण र प्रविधिमा आत्मनिर्भरता तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार