Logo

२७ कात्तिक,वीरगञ्ज । परोपकारी संस्था साहिब दरबारले वीरगञ्जमा फेरि निःशुल्क आँखा जाँच र शल्यकृया शिविर सञ्चालन गरेको छ। जाडो मौसम सुरु भएसँगै साहिब दरबारले वीरगञ्ज महानगरका विभिन्न वडाहरूमा आँखा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।

बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २८, बगहीमा आयोजित शिविरमा १२५ जनाको आँखा परीक्षण गरिएको थियो। शिविरमा सहयोग पुर्‍याउने वीरगञ्ज सामुदायिक आँखा केन्द्रका प्राविधिकहरूले परीक्षण गर्दा ५४ जनामा मोतियाबिन्दको समस्या देखिएको अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए।

संगठनका अनुसार, ती बिरामीहरूको शल्यकृया यही कात्तिक २८ गते सम्पन्न गरिनेछ। साहिब दरबारले विगत वर्षको जाडो मौसममा पनि महानगरका विभिन्न वडाहरूमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्दै मोतियाबिन्द भएका व्यक्तिहरूको शल्यकृया गराएको थियो।

शिविरले स्थानीय समुदायमा आँखा स्वास्थ्यको महत्त्व र समयमै परीक्षणको सन्देश फैलाउने उद्देश्य राखेको छ।


सम्बन्धित समाचार