Logo

२८ कार्तिक,सेढवा । पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरूको अनधिकृत उत्खनन भइरहेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्। जिराभवानी गाउँपालिका–५ स्थित भलूवाही खोलाबाट दैनिक ठूलो मात्रामा बालुवा र गिटी उठाइएको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार, विभिन्न समूहले दैनिक सयभन्दा बढी ट्रलर मार्फत बालुवा–गिटी उत्खनन गरी जिराभवानी, पटेर्वा सुगौली, जगरनाथपुर र धोबिनी गाउँपालिकाका विभिन्न स्थानमा ओसारपसार गर्दै आएका छन्। स्थानीयवासीले राज्यको राजस्व छल्ने र यहाँ खटिएका प्रहरी एकाइलाई मासिक ‘महिनावारी नजराना’ बुझाएर तस्करी संरक्षण गरिरहेको आरोप समेत लगाएका छन्।

यस विषयमा जिराभवानी गाउँपालिकाको राजस्व शाखाका प्रमुख सरोज दासले भने, “प्रत्येक दुई वर्षमा वातावरणीय मूल्यांकन (EIA/IEE) प्रतिवेदन तयार गरी माथिल्लो निकायमा पेश गर्नुपर्छ, त्यसपछि मात्र ठेक्का सिफारिस हुने व्यवस्था छ। अहिले प्रतिवेदन तयार गर्ने प्रक्रिया चलिरहेको छ र छिट्टै टेन्डर आह्वान गरिनेछ।”

स्थानीयवासी र अधिकारीबीचको यो विरोधाभासले क्षेत्रीय स्रोत व्यवस्थापन र अनधिकृत उत्खनन नियन्त्रणको चुनौतीलाई उजागर गरेको छ।


सम्बन्धित समाचार