Logo

फाइल तस्बिर

९ चैत ,काठमाडौं । गैंडाको आक्रमणबाट नवलपुरमा एक महिलाको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नम्बर १० पृथ्वीनगरकी ५८ वर्षीय दरिमा थापा मगरको मृत्यु भएको हो ।

स्थानीय महाराजा सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा मगरलाई गैंडाले हिजो दिउँसो आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

गैंडाको आक्रमणबाट घाइते मगरको उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा लगिएको थियोे ।उनको उपचारको क्रममा मृत्यु भएको हो ।


सम्बन्धित समाचार