Logo

१ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले दुःखद सुरुवात गरेको छ। खेलको प्रारम्भमै टीमका कप्तान अनिल साह शून्यमै आउट भएका छन्।

उनलाई काठमाडौं युनाइटेडका मिलिन्द कुमारले आउट गरेका थिए। यसअघि जनकपुरका अर्को ब्याट्समन लहिरु मलिन्था पनि ७ रन बनाउँदै पेभेलियन फर्किएका थिए। मलिन्थाले १२ बलमा १ चौका प्रहार गरेका थिए।

यसरी, खेलको शुरुवातमै जनकपुर बोल्ट्सका दुई ब्याट्समन बाहिरिएपछि टोलीका लागि दबाब बढेको छ।


सम्बन्धित समाचार