१ मंसिर,काठमाडौं । आज भएको खेलमा जनकपुर बोल्ट्सको पाँचौं विकेट पतन भएको छ। आशिफ शेख ५४ रन बनाएर पेभेलियन फर्किएका छन्। उनले मात्र ३७ बल खेल्दै अर्धशतक प्रहार गरेका थिए।
त्यसअघि क्रमशः लिहरु मिलन्था ७ रन, कप्तान अनिल साह ० रन, जन निकोल लोप्टी ईटन २ रन र संजय कृष्णमूर्ति २ रनमा आउट भएका थिए।
काठमाडौँ गुर्खाजका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने साहब आलम र सन्तोष यादवले समान रूपमा १-१ विकेट हात पारे।
खेल अहिले दुवै टिमबीच रोचक मोडमा पुगेको छ र बाँकी खेलप्रति दर्शकको चासो बढेको छ।

















