Logo

१ मंसिर,काठमाडौं ।एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको हो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन, मयन यादवले ३४ रन, र लाहिरु समारकूनले २२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले ३ विकेट लिए, भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक-एक विकेट लिए। एनपीएलको इतिहासमा पहिलोपटक फ्लडलाइटमा खेल सुरु गरिएको छ। केही समयपछि काठमाडौं गोर्खाज फ्लडलाइटमुनि ब्याटिङ गर्ने तयारीमा छन्।

खेल रोमाञ्चक मोडमा प्रवेश गर्दै गर्दा, जनकपुरले दिएको मध्यम लक्ष्य काठमाडौं गोर्खाजका लागि चुनौतीपूर्ण हुने देखिन्छ।


सम्बन्धित समाचार