२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाउँदै १६६ रन बनाएको हो।
ओपनिङ ब्याट्सम्यान प्रियांक पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गर्दै उत्कृष्ट ९० रन बनाएका थिए। पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ’डाउडसँग ६१ रनको साझेदारी र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे। म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे।
अन्त्यतिर पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन जोडे।
यससँगै चितवन राइनोजले निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य प्राप्त गर्नुपर्ने भएको छ।

















