Logo

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनायो। टोलीका लागि रवि बोपाराले उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको अर्धशतकीय योगदान दिए।

लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले प्रभावकारी बलिङ गर्दै ३ विकेट हात पारे। यो प्रतियोगितामा लुम्बिनीको पहिलो खेल हो।

चितवनले यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

दोस्रो संस्करणको एनपीएलमा काठमाण्डु, सुदूरपश्चिम, जनकपुर, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स गरी ८ टोलीको सहभागिता छ। मंसिर १ गतेदेखि सुरु भएको लिगको फाइनल मंसिर २७ गते हुनेछ।


सम्बन्धित समाचार