६ मंसिर,काठमाडौं । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ भने १३ जना अझै बेपत्ता छन्। यो जानकारी भियतनाम प्रकोप र डाइक व्यवस्थापन प्राधिकरणले शनिबार दिएको छ।
बाढीले करिब ८० हजार हेक्टर धान तथा अन्य बाली डुबानमा पारेको छ भने ३.२ मिलियनभन्दा बढी कुखुरा र गाई–बस्तु पनि बगाएर मृत्यु भएका छन्।
प्राधिकरणका अनुसार २८ हजार ४०० भन्दा बढी घर डुबानमा परेका छन् भने अन्य ९४६ घर क्षतिग्रस्त भएका छन्। आर्थिक हिसाबले बाढीले करिब ९ ट्रिलियन भियतनामी डोङ (३५८ मिलियन अमेरिकी डलर) बराबरको नोक्सान गरेको अनुमान गरिएको छ।

















