८ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज सोमबार दुई महत्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा गत सिजनको विजेता जनकपुर बोल्ट्स र उत्कृष्ट फर्ममा रहेको विराटनगर किङ्स आमनेसामने हुनेछन् ।
जनकपुरका लागि आजको खेल दोस्रो हो । पहिलो खेलमा काठमाडौँ गुर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर आज भने जित निकाल्दै पुनः लयमा फर्किन चाहन्छ । अर्कोतर्फ विराटनगर किङ्सले प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ र आज पनि निरन्तरता दिने लक्ष्यसहित मैदानमा उत्रिनेछ। यो खेल बिहान ११:४५ बजेबाट सुरु हुनेछ ।
आजै दिउँसो हुने दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै टोलीले प्रतियोगितामा प्रभाव जमाउने लक्ष्य प्रस्तुत गरेका छन्। दोस्रो खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
मंसिर १ गतेदेखि जारी प्रतियोगितामा हालसम्म आठ खेल सम्पन्न भइसकेका छन्। तालिकामा विराटनगर किङ्स २ खेलबाट ४ अंक सहित शीर्ष स्थानमा रहेको छ। लगातार दुई खेलमा पराजित भएको पोखरा एभेन्जर्स भने अझै अंक खाता खोल्न नसक्दै अन्तिम स्थानमा छ ।

















