Logo

९ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आठौँ खेलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि खेल सुरु हुनेछ।

प्रतिस्पर्धामा रहेका दुबै टिमले यसअघि दुई–दुई खेल खेलेका छन्। दुवैले एक जित र एक हारसहित २–२ अंक जोडेका छन्। नेट रनरेटका आधारमा भने काठमाडौँ गोर्खाज लुम्बिनी लायन्सभन्दा अगाडि रहेको छ।

लुम्बिनी लायन्स राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा प्रतियोगितामा उत्रिँदै आएको छ। यता, काठमाडौँ गोर्खाजको कप्तानी अनुभवी अलराउन्डर करण केसीले सम्हालिरहेका छन्।

दोस्रो संस्करणको लिग चरण महत्वपूर्ण मोडमा पुगेका बेला आजको खेल दुबै टिमका लागि निर्णायक बन्ने अनुमान गरिएको छ। मैदानमा दुवै पक्षबाट प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार