Logo

११ चैत,धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ । सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान मिथिला नगरपालिका ३ हरिहरपुरमा ट्रक ठोक्किँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा थप एकजना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका हुन् । श्रेष्ठको ढल्केवर अस्पतालमा उपचार भईरहेको छ ।


सम्बन्धित समाचार