११ मंसिर,काठमाडौं । जारी नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिमविरुद्ध टस हारेको लुम्बिनीले निर्धारित १० ओभर सकिँदा ७० रन बनाएको छ। लुम्बिनीले दुई विकेट गुमाएको छ।
डार्शी शर्ट १८ र सुमित महर्जन १८ रनमा आउट भए। हाल कप्तान रोहित पौडेल २१ रनमा खेलिरहेका छन् भने दिलिप नाथले ९ रन जोडेका छन्।
सुदूरपश्चिमका हेमन्त धामी र हरमित सिंहले समान १-१ विकेट लिएका छन्।
पछिल्ला दुई खेलमा लगातार हार व्यहोरेको लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ। भने सुदूरपश्चिम लगातार चौथो जितको खोजीमा छ।
हाल जारी लिग तालिकामा ६ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा रहेको छ भने २ अंकसहित लुम्बिनी छैठौँ स्थानमा छ।

















