Logo

११ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी १९ ओभर ४ बलमा १ सय ४३ रन बनाउँदा अलआउट भएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले ३५ र दिलिप नाथले ३१ रन बनाए। सुदूरपश्चिमका अविनाश बोहरा र हर्मीत सिंहले समान ३/३ विकेट लिए।

तीन खेल खेल्दा सबैमा जित हासिल गरेको सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। तीनमध्ये दुई खेलमा हार बेहोरेको लुम्बिनी २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ।

यस्तै आज दिउँसो ४ बजे तालिकाको सातौं स्थानमा रहेको जनकपुर बोल्ट्स र पुछारमा रहेको पोखरा एभेन्जर्स बीच खेल हुनेछ। दुवै टोलीले यसअघि खेलिएका दुई खेलमा हार बेहोरेका छन् र अङ्कविहीन छन्।

एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन्। दोस्रो संस्करणको यो प्रतियोगिता यही मङ्सिर १ गतेदेखि सुरु भएर आउँदो २७ गतेसम्म चल्नेछ।


सम्बन्धित समाचार