Logo

११ चैत,वीरगञ्ज । पत्रकार स्व.नरेश सर्राफको स्मृतिमा स्थापित पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतलाई दिने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको शनिवार सम्पन्न नियमित बैठकले स्व. नरेश स्मृती पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले विगतका निर्णय र सम्पन्न कार्यको समीक्षा गर्नुका साथै यही चैत १६ गते महासंघको स्थापना दिनस मनाउने पनि निर्णय गरेको महासंघका सचिव भुषण यादवले जानकारी दिए । सचिव यादवकाअनुसार स्थापना दिवसका अवसरमा प्रभातफेरी निकाल्ने र पुरस्कार वितरण गर्ने निर्णय भएको छ ।

यसअघि नै महासंघले ४० वर्ष उम्मेर नकटेका र कम्तीमा १ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यविधि बनाएको थियो । सोही बमोजिम आकाश एफ एम, पब्लिक एफ एम, आवाज एफ एम, माउन्टेन टिभी हुँदै रेडियो नेपाल र एन्युज टेलिभिजनमा कार्यरत पत्रकार सिंहलाई प्रदान गर्ने महासंघले निर्णय गरेको हो ।

यस्तै बैठकले पत्रकार महिलाहरूको क्षमता अभिबृद्घीका लागि चैत मसान्त भित्र तालिम सम्पन गर्ने निर्णय गरेको छ । उक्त तालिमको लागि उपाध्यक्ष सुष्मा शर्मा, कार्यसमिति सदस्य कबिता खड्का, रश्मीराज भण्डारीलाई जिम्मेवारी दिईएको छ ।


सम्बन्धित समाचार