१३ मंसिर,वीरगञ्ज । नेपाल हिन्द रेडियो एकाई स्रोता संघ ए समूहले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान कार्यक्रम श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सोलखपुरको प्राङ्कणमा सम्पन्न भएको थियो।
विशेष रक्तदान कार्यक्रममा चार महिला सहित ५९ जना सहभागी भए। रक्तदान गर्नेहरूमा योगेन्द्र चौधरी, बीनोद पजियार, पन्नालाल पटेल, शिवलाल चौधरी, बिरजु चौधरी, नंदलाल बैठा, अजय पंडित लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम आयोजक पन्नालाल पटेलका अनुसार, मानव सेवामा योगदान गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा र रक्तसञ्चार केन्द्रका प्रतिनिधि तथा प्राविधिकहरू पनि उपस्थित थिए।

















