१३ मंसिर,काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन जोड्यो।
जनकपुरका सञ्जय कृष्णमूर्तिले आकर्षक प्रदर्शन गर्दै ३८ बलमा २ चौका र २ छक्का प्रहारसहित सर्वाधिक रन बनाए। उनले अर्थशतक (५० रनभन्दा बढी) प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोर दिलाए। जोन निकोल लोफ्टी इन्ग्लटनले ३९ रन योगदान दिए।
अन्य ब्याटरमध्ये माज सदक्वातले १२, मयन यादवले ६, आदित्य मेहताले १५, वायन पार्नेलले १४ रन बनाए भने आसिफ शेख र शुभ कंशाकार शून्यमै आउट भए। रुपेश सिंह १ रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका अभिनास बोहराले दमदार प्रदर्शन गर्दै ४ विकेट लिए। स्कट कुइगेलेइनले ३ विकेट झारे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका छन्।

















