Logo

१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनको वातावरण निर्माण गर्नका लागि विघटित प्रतिनिधि सभाका पाँच राष्ट्रिय दल, निर्वाचन आयोगका पदाधिकारी तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठक बोलाएकी छिन् ।

यो महत्त्वपूर्ण छलफल शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्वाचनको तयारी र सुरक्षा प्रबन्धबारे छलफल गर्न लागेकी हुन् । दलहरूबाट यसअघिका बैठकहरूझैँ यस पटक पनि दोस्रो तहका नेताहरूलाई छलफलमा सहभागी गराउन आह्वान गरिएको छ। बैठकमा प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि उपस्थिति रहनेछ, जसले निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि आवश्यक साझा रणनीति तयार पार्ने लक्ष्य राखेको छ ।


सम्बन्धित समाचार