Logo

१८ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको सरगर्मी तीव्र भइरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच आज करिब तीन घण्टा लामो महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न पोखरेल आफ्नो समूहका नेताहरू—अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराईसहित भक्तपुरको गुन्डु पुगेका थिए। उपाध्यक्ष पोखरेलले यसअघि नै महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने सार्वजनिक घोषणा गरिसकेका छन् भने अध्यक्ष ओलीले भने सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा भएको यस भेटवार्तालाई पार्टीभित्रको भावी नेतृत्व र शक्ति सन्तुलनका लागि अत्यन्तै चासोका साथ हेरिएको छ। यद्यपि, तीन घण्टा चलेको छलफलमा भएको कुराकानीको विस्तृत विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।


सम्बन्धित समाचार