१९ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टी प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिने निर्णय गरेको छ।
अध्यक्ष परिषद्कै अर्का अध्यक्ष ओजस्वी भट्टराईलाई सहप्रवक्ताको जिम्मेवारी तोकिएको छ । शुक्रबार सुविधानगरस्थित पार्टी कार्यालयमा बसेको प्रलोपाको बैठकले यो जिम्मेवारी बाँडफाँड गरेको हो । प्रलोपामा पाँच जनाको अध्यक्ष परिषद् रहने व्यवस्था छ। बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार लगायतको समूह मिलेर प्रलोपा गठन भएको हो ।

















