Logo

१९ मंसिर,वीरगञ्ज । नेपाली कांग्रेससहितका ६ दलले मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन्।

छ दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष औपचारिक रूपमा दाबी पेश गरिएको हो।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पाएका व्यक्तिलाई मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेपछि कांग्रेससहितको गठबन्धनमा रहेका जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा नेपालले ७७ सदस्यीय प्रदेशसभाका सदस्यहरूको समर्थनसहित दाबी पेश गरेका हुन्।

यसरी दाबी पेश गर्ने क्रममा कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपा नेपालका ८ र नेकपा एकीकृत समाजवादीका ७ सदस्यको समर्थन र हस्ताक्षर संलग्न गरिएको छ। ६ दलको यो दाबीले नयाँ सरकार गठनको बाटो तयार पार्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार