Logo

२० मंसिर, जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार बिहान १०:३० बजे हुने भएको छ ।

यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश प्रमुखको सचिवालयले शपथग्रहणको तयारी भइसकेको जानकारी दिएको छ । यादवको नियुक्ति एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि खाली भएको पदमा भएको हो ।

यसअघि कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्री पदको दाबी गर्दै आएका थिए। लामो छलफलपछि सात दलले कृष्णप्रसाद यादवको नाममा सहमति जनाएका थिए।

यस शपथग्रहणसँगै मधेस प्रदेशमा सरकारको स्थायित्व कायम हुनेछ।


सम्बन्धित समाचार
भर्खरै