Logo

२१ मंसिर, काठमाडौं । लामो राजनीतिक खिचातानीपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

मंसिर १९ गते सात दलका ७७ प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज शपथ खुवाउनुभएको हो ।

गठबन्धनको साथ र पूर्व मुख्यमन्त्रीको राजीनामा

मुख्यमन्त्री यादवलाई कांग्रेस, जसपा नेपाल जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीसहितका दलहरूले समर्थन गरेका छन् । यसअघि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सर्वोच्च अदालतको आदेश अनुरूप राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता यादवले सरकारको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाउनुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नुभएको छ । उहाँले आगामी मंसिर २४ गते प्रदेश सभामा आफ्नो सरकारको पक्षमा विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।


सम्बन्धित समाचार